राज्यका हरेक निकायलाई जवाफदेही बनाउन नवनियुक्त मुख्यसचिवलाई प्रधानमन्त्रीको सुझाव

 भदौ १४, २०८१ शुक्रबार १२:१३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका हरेक निकायलाई जवाफदेही बनाउनका लागि नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई सुझाव दिनुभएको छ । नागरिकलाई सेवा प्रवाह गर्न, विकास आयोजनालाई अगाडि बढाउन तथा सुशासन कायम गर्नका लागि कर्मचारी प्रशासन चुस्त हुनुपर्ने भन्दै उहाँले यसमा कर्मचारी प्रशासनको ठूलो भूमिका हुने उल्लेख गर्नुभएको छ ।

नवनियुक्त मुख्यसचिवलाई सामाजिक सञ्जालमार्फत बधाई दिँदै प्रधानमन्त्री ओलीले  हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउनका लागि सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुने बताउनुभएको छ । 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया