सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउने तयारी गरेको छ ।
सरकारका प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता रहेको भन्दै हसिनालाई जतिसक्दो चाँडो फिर्ता ल्याउने काम गरिरहेकाे बताउनुभएको हो ।
बङ्गलादेशले भारतलाई कूटनीतिक नोट पठाएर अपदस्थ प्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न माग गरेको छ ।
बीबीसीका अनुसार बङ्गलादेशको विदेश मन्त्रालयले हसिनालाई न्यायिक प्रक्रियामा सामेल हुन फिर्ता पठाउनुपर्ने कुरा भारतलाई जानकारी गराएको छ । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना गएको अगस्ट ५ देखि भारतमा हुनुहुन्छ ।
भारतको विदेश मन्त्रालयले बङ्गलादेशको उच्च आयोगबाट हसिनालाई सुपुर्दगी गर्न अनुरोध प्राप्त भएको पुष्टि गर्दै प्रक्रिया थाल्ने कुरामा भारत सकारात्मक भएको सङ्केत गरेको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।