सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको छ । नेप्सेले आजदेखि दोस्रो बजारमा कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकले हिजो कर्णाली बैंकलाई समस्याग्रस्त घोषणा गरेर बैंक सञ्चालनको लागि समिति गठन गरेको थियो । बैंक सञ्चालनका निम्ति राष्ट्र बैंकका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन भइसकेको छ ।
राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको र कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पनि पूरा नगरेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले संस्थालाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएको राष्ट्र बैंकको भनाइ छ । अब कम्पनीको अवस्था सुध्रिएर समस्यामुक्त भएपछि मात्रै कम्पनीको शेयर कारोबार खुल्ला हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।