सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव १९ अङ्कले बढेर दुई हजार छ सय ३० दशमलव ७१ विन्दुमा पुगेको छ ।
आज बैंकिङ, लगानी, लघुवित्त र व्यापार समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर घटेको छ । विकास बैंक समूहको शेयर राताम्मे देखिएको छ । आज आत्मनिर्भर लघुवित्त र सपोर्ट रघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन आज नारायणी विकास बैंक, कर्पोरेट विकास बैंक, जोशी हाइड्रोपावर र सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । आज दुई करोड नौ लाख ७८ हजार कित्ता शेयर चार अर्ब ३६ करोड रुपैयाँमा कारोबार भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।