माओवादीले काेशी प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे

 भदौ १४, २०८१ शुक्रबार १५:६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा रहेका माओवादी मन्त्रीहरूले गएको साउन ११ गते नै पदबाट राजीनामा दिएका थिए । मन्त्री बाहिरिए पनि समर्थन कायमै राखेको माओवादीले आज पत्र लेखेर समर्थन फिर्ता लिएको हो ।

यसैबीच आजै नेपाली कांग्रेसले हिक्मत कार्की नेतृत्वको सरकारलाई समर्थन गरेको पत्र सचिवालयमा दर्ता गराएको छ । माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया