जय ट्रफी एलिट कप क्रिकेटमा तेस्रो र चौथो खेल आजदेखि शुरू हुँदै
पुस २४, २०८१ बुधबार
काठमाण्डौ – अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस अन्तर्गत आजदेखि सप्ताहव्यापी कार्यक्रम हुँदैछन् । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिवार मनाइने अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस यस वर्ष सेप्टेम्बर ७ तारिख अर्थात आउँदो शनिवार दिवस परेको छ । सप्ताहव्यापी कार्यक्रम आजदेखि शुरू हुने नेपाल पन्छी संरक्षण सङ्घले जनाएको छ ।
सिनो खाएर वातावरणलाई स्वच्छ राख्न सघाउने गिद्धलाई प्रकृतिको कुचिकार भन्ने गरिन्छ । गिद्धले सिनो खाएर सम्भावित दुर्गन्ध हटाउनुको साथै महामारी फैलाउन सहयोग गर्ने जङ्गली कुकुर र स्याललाई सिनोसम्म पुग्न रोक्ने गिद्धबारेको अध्यता एवम् पृथ्वीनारायण क्याम्पस पोखराको प्राणीशास्त्र विभागका प्राध्यापक हेमन्त ढकालले बताउनुभयो । गिद्धलाई हेर्ने दृष्टिकोण राम्रो नभएपनि यसको महत्त्व धेरै रहेको उहाँले बताउनुभयो ।
नेपालमा पाइने ९ प्रजातिका गिद्धहरूमध्ये डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र लामो ठुँडे गिद्ध अति सङ्कटापन्न, सेतो गिद्ध सङ्कटापन्न, हिमाली र हाडफोर गिद्ध सङ्कटको नजिक र खैरो गिद्ध सामान्य अवस्थामा छन् । नेपालमा पछिल्लो पटक गरिएको राष्ट्रिय गिद्ध सर्वेक्षण अनुसार वर्षेनी १४ प्रतिशतले गिद्धको सङ्ख्या घट्दै गइरहेको छ । गिद्धको सङ्ख्या घट्नुमा वासस्थान, आहारा र विद्युत प्रशारण लाइन लगायतका विकासका काम मुख्य हुन् ।
नेपालमा सन् १९९० भन्दा अघिसम्म गिद्ध समस्यामा पर्नुमा पशुचौपायलाई खुवाउने डाइक्लोफेनाक औषधि मानिन्थ्यो । अहिले त्यो औषधि प्रतिबन्धित छ । यो जस्तै अरु औषधि, सिनोमा विषादी मिसाउने र बासस्थान अतिक्रमणसँगै अन्य मानवीय क्रियाकलापका कारण गिद्ध समस्यामा परिरहेका गिद्ध विज्ञ एवम् प्रध्यापक हेमन्त ढकाल बताउनुहुन्छ । गिद्ध संरक्षणका लागि यसको महत्त्वबारे बुझाउनुको साथै नकरात्मक धारणा हटाउनुपर्ने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।