सौराहामा हात्ती महोत्सव : आज हात्ती सुन्दरी प्रतियोगिता, भोलि ...
पुस १२, २०८१ शुक्रबार
काठमाण्डौ – नेपालका गाडी दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये महिलाको तुलनामा चार गुणा धेरै पुरुष रहेका पाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७५ साउनदेखि २०८१ असारसम्म भएका सडक दुर्घटनामा १५ हजार एक सय ६८ जनाको ज्यान गएको छ । उनीहरूमध्ये १२ हजार तीन सय तीन जना पुरुष र दुई हजार आठ सय ६५ जना महिला रहेका छन् ।
सडकमा हुने दुर्घटना कम गर्न ट्राफिक सचेतनासँगै सडक तथा पूर्वाधार निर्माण गर्दा जोखिम आँकलन गर्नुपर्ने खाँचो रहेको विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका निर्देशक डा. वसन्तराज अधिकारीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।