११ दिने ‘एआई स्कुल’ कार्यक्रम आजदेखि
पुस १२, २०८१ शुक्रबार
काठमाण्डौ – यस वर्षको शरद् ऋतुमा नेपालका हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका छन् । हिजोसम्म मनास्लु, अन्नपूर्ण चौथो र पुथा गरी तीन वटा हिमाल आरोहणका लागि आठ समूहका ३६ जना आरोहीले अनुमति लिएका विभाग अन्तर्गत पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।
मनास्लु हिमालमा वसन्त ऋतुमा हिउँ बढी हुने भएकाले शरद् ऋतुमा आरोहण उपयुक्त मानिन्छ । गएको वर्षको शरद् ऋतुमा मनास्लु हिमाल आरोहणका लागि तीन सय एक जनाले अनुमति लिएका थिए । शरद् ऋतुमा सगरमाथामा भने सामान्यतया आरोहण हुँदैन ।
यो सिजनलाई सगरमाथा आरोहण गर्न जानुअघि तयारी गर्ने समयका रूपमा लिइने भएकाले मनास्लु, चो–ओयु, धवलागिरि, अन्नपूर्ण तेस्रो, आमादब्लमलगायतका हिमालमा बढी आकर्षण हुने गरेको छ । विभागले वसन्त र शरद् ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।