तीजको दिन रेकर्ड बनाएको सुनको भाउ आज तोलामा १ हजार २ सय रु...
भदौ २३, २०८१ आइतबार
काठमाण्डौ – नेकपा एमालेले आउँदो चुनाव एक्लै लड्ने जनाएको छ । साथै कार्ययोजना बनाएर एकल बहुमत ल्याउने गरी अगाडि बढ्ने भएको छ । सत्ता गठबन्धनमा रहेको कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको दुई दिन नबित्दै हिजो प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमालेले पनि आउँदो चुनाव एक्लै लड्ने घोषणा गर्नुभयो ।
एमाले केन्द्रीय कार्यालय ललितपुरमा हिजोदेखि शुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले कांग्रेससँग सरकारमा सहकार्य भए पनि चुनावमा आ–आफ्नो नीति लिएर प्रतिस्पर्धा गर्ने बताउनुभएको छ । पार्टीले एकल बहुमत ल्याउने उद्देश्यसहित ‘मिसन ०८४’ तय गरेको भन्दै उहाँले त्यसैअनुसार कार्ययोजना बनाउन निर्देशन दिनुभयो ।
गएको आइतवार कांग्रेस केन्द्रीय कार्यसमितिले चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्तावलाई भाषा परिमार्जन गर्दै अनुमोदन गरेको थियो । एमालेले गएको पुसमा झुलाघाटदेखि चिवाभन्ज्याङ मध्यपहाडी राजमार्गमा सङ्कल्प यात्रामा मिसन ०८४ अभियान चलाएको थियो ।
पोलिट ब्युरोको बैठकमा महासचिव शंकर पोखरलेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण कार्ययोजना’ पेस गर्नुभएको छ । पोलिटब्युरो सदस्यले सुझाव दिएपछि कार्ययोजना पारित हुनेछ । एमालेको पोलिट्ब्यूरो बैठक आज पनि चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।