सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, सभामुखले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै

 भदौ ३०, २०८१ आइतबार १२:४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सभामुख देवराज घिमिरेले राष्ट्रिय दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकलाई छलफलका लागि बोलाउनुभएको छ । छलफल केहीबेरमा सिंहदरबारमा शुरू हुँदैछ ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक अवरोध गर्ने जनाएपछि सभामुख घिमिरेले दलहरूलाई छलफलका लागि बोलाउनुभएको हो । माओवादीले ‘हिंसा’ शब्द नसच्याएसम्म बैठक अवरुद्ध गर्ने जनाएको छ ।

भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गर्नुभएको थियो । संसद् सचिवालयको परामर्श लिएर सभामुख घिमिरेले गएको बुधवार बसेको बैठकमा ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ गर्नुभएको थियो । सभामुखले हिंसा शब्द अभिलेखबाट हटाउन नपर्ने निर्णय लिएपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संविधान र कानून विपरीत शब्द प्रयोग भएको भन्दै आपत्ति जनाउँदै आएको छ ।

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि र राष्ट्रिय सभाको बैठक १ बजेर १५ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया