साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

 भदौ ३०, २०८१ आइतबार १२:५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्ने बताउनुभएको छ । पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उहाँले सानो कारोबारलाई निःशुल्क गर्न पहल गर्ने बताउनुभएको हो ।

यस विषयमा सेवाग्राहीबाट फेसबुकमार्फत आफूलाई जानकारी आएको सामाजिक सञ्जालमा उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सम्बन्धित अधिकारीसँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले समस्याहरू सरकारलाई यसरी नै जानकारी गराउन र झकझकाउन आग्रह गर्नुभएको छ ।

इन्टरनेटको सहजसँगै सानो सानो कारोबार नगदरहित हुन थालेको तर मोबाइल बैंकिङ ट्रान्सफर गर्दा अतिरिक्त शुल्क लाग्ने गरेको गुनासोपछि प्रधानमन्त्री ओलीले सरकारले डिजिटल कारोबारमा सहजतातर्फ काम गर्दै जाने बताउनुभएको छ ।

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया