पालिकाको उपचुनावका लागि आजदेखि दल दर्ता

 असोज १०, २०८१ बिहीबार ९:१३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो मंसिर १५ गते हुने पालिकाको उपचुनावका लागि आजदेखि दल दर्ता शुरु हुँदैछ । आजदेखि आउँदो १६ गतेसम्म निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा दल दर्ताको काम हुनेछ । पलिकाको ३९ रिक्त पदमा उपचुनाव हुन लागेको हो  ।

निर्वाचन  आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय सिमिति प्रमुख, काठमाण्डौको कीर्तिपुर नगरपालिका मेयर तथा मोरङको ग्रामनाथ गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाका उपमेयर, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद रिक्त छन्  ।

त्यस्तै झापाको कन्काई नगरपालिका– ६, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, तेह्रथुमको लालीगुराँस नगरपालिका– ८, सुनसरीको गढी गाउँपालिका– ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका– ५, उदयपुरको त्रियुगा गाउँपालिका– १२, बेलका नगरपालिका– ८, सप्तरीको डाक्नेश्वरी नगरपालिका– ४, रौतहटको राजपुर– ६, गढीमाई नगरपालिका– ८, काठमाण्डौको कीर्तिपुर नगरपालिका– १ र ४, काठमाण्डौ महानगरपालिका– १६, नुवाकोटको ककनी गाउँपालिका– २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १२, गोरखाको गोरखा नगरपालिका– ५, गुल्मीको मुसिकोट नगरपालिका– १, रोल्पाको रुन्टिगढी गाउँपालिका– ४, बर्दियाको ठाकुरबाबा नगरपालिका– ४, दैलेखको दुल्लु नगरपालिका– १३, कालीकोटको तिलागुफा नगरपालिका– ४, जाजरकोटको कुसे गाउँपालिका– ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५, बझाङको सुर्मा गाउँपालिका– ४, डोटीको पूर्वीचौकी गाउँपालिका– ६, दार्चुलाको दुहुँ गाउँपालिका– ५ र कञ्चनपुरको भीमदत्र् नगरपालिका– ६ मा वडाध्यक्ष पदमा पनि उपचुनाव हुनेछ ।

निर्वाचन आयोगले स्थानीय तहको उपचुनावका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज एक सूचना निकालेर भोलिदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को को दफा ४ अनुसार दल दर्ता आह्वान गरेको जनाएको छ ।

निर्वाचन आयोगको कार्यालय कान्तिपथ काठमाण्डौमा दल दर्ताका लागि निवेदन दिन सकिनेछ । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली–२०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ । स्थानीय तहको उपचुनाव आउँदो मंसिर १६ मा हुँदैछ । 

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया