स्पेनिस ला लिगामा बार्सिलोनाको लगातार सातौं जीत, गेटाफे १–० गोलले पराजित

 असोज १०, २०८१ बिहीबार ९:२३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – स्पेनिस ला लिगामा बार्सिलोनाले अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई  १–० ले हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जीतमा खेलको १९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरे । बार्सिलोनाले यो सिजनमा लगातार सातौं जीत निकालेको हो ।

सात खेलबाट २१ अङ्कसहित बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट १७ अङ्क जोडेको रियल म्याड्रिड दोस्रो स्थानमा छ । गेटाफे समान खेलबाट चार अङ्कका साथ १९ औं स्थानमा छ ।

यस्तै हिजो भएको अरू खेलमा गिरोना र रायोभालेकानोले गोलरहित बराबरी खेलेका छन् भने रियल मड्रिडले अल्भेसलाई ३–२ ले हराएको छ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया