इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – एभरेष्ट प्रिमियर लिगको टोली पोखरा एभेन्जर्सले मुख्य प्रशिक्षकमा राजिव कुमारलाई नियुक्त गरेको छ । पोखराले भारतका राजिव कुमारलाई लिगको लागि भित्राएको हो । कुमारले इन्डियन प्रिमियर लिग (आईपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिरहेका छन् । उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् । उनले भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँगै क्रिजमा बिताएका छन् ।
सन् २००३ मा बिदर्भ ट्रफीमा बिहार र झारखण्डको लागि धोनी र कुमार दुवैले सँगै क्रिकेट खेलेका थिए । अहिले राजिब कुमारले चेन्नई सुपर किङ्समा धोनीलाई प्रशिक्षण गरिरहेका छन् । पोखरा एभन्जर्सका मालिक सुबोध त्रिपाठीले कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि बधाई दिँदै कार्यकालको शुभकामना दिएका छन् ।
नियुक्ती पछि कुमारले नयाँ यात्राको लागि खुसी भएको र नेपाल आउन उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् । नेपाल प्रिमियर लिग १५ मंसिरबाट ६ पुससम्म हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।