विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेबीच बराबरी

 मंसिर ५, २०८१ बुधबार ११:५४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फिफा विश्वकप सन् २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेबीच बराबरी भएकाे छ । आज बिहान भएको खेलमा उरुग्वे र ब्राजिलले एक/एक गोलको बराबरी खेलेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गरे । बराबरीपछि उरुग्वे १२ खेलमा २० अङ्कका साथ दोस्रो स्थानमा छ । समान १२ खेलबाट १८ अङ्क जोडेको ब्राजिल पाँचौं स्थानमा छ ।

शीर्ष स्थानको अर्जेन्टिनाले पेरुलाई एक गोलले हराउँदै विश्वकपका लागि छनोट भएको छ । लिओनल मेस्सीको कप्तानीमा रहेको साविक विजेता टोली अर्जेन्टिनाको १२ खेलमा २५ अङ्क भएको छ ।

दक्षिण अमेरिकाबाट विश्वकपमा ६ देशले स्थान बनाउनेछन् । त्यसअनुसार अर्जेन्टिना कम्तीमा छैटौं स्थानका लागि सुरक्षित भएको छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया