फाल्गुनन्द गाेल्डकपमा मच्छिन्द्रले झापा–११ लाई ५ गाेलले हरायाे
पुस ७, २०८१ आइतबार
सिरियाको विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले देश स्वतन्त्र भएको घोषणा गरेको छ । लडाकुहरु राजधानी दमास्कसमा प्रवेश गरेसँगै राष्ट्रपति बसर अल–असद राजधानी छाडेर भाग्नुभएको दाबी गर्दै एचटीएसले देश स्वतन्त्र भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।
एचटीएसले आधा शताब्दी लामो असद शासनको अन्त्य भएको उल्लेख गर्दै अब विस्थापित वा कैदमा परेका मानिसहरू घर फर्कने बताएको छ । सिरियामा अँध्यारो युगको अन्त्य भई नयाँ युगको शुरुवात भएको एचटीएसको दाबी छ । समाचारसंस्था रोयटर्सले पनि राष्ट्रपति असदले राजधानी छाड्नुभएको उल्लेख गरेको छ । तर उहाँ कहाँ जानुभयो ? भन्ने अहिलेसम्म खुलेको छैन ।
सिरियाको राजधानी दमास्कसमा गोली चलेको आवाज सुनिएको खबरमा उल्लेख छ । इस्लामिक विद्रोही समूहले आक्रमण शुरु गरेको दुई हप्ता पनि नपुग्दै अलेप्पो, हामा, होम्सलगायतका ठूला सहर कब्जा गर्दै राजधानीमा प्रवेश गरेको हो । सिरियालाई लामो समयदेखि रुस, लेवनानलगायत देशले सहयोग गर्दै आएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।