एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
फ्रान्सका दुई तिहाइ नागरिक नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट देखिएका एक सर्वेक्षणले देखाएको छ । फ्रान्सका नयाँ प्रधानमन्त्री फ्रान्कोइस बायरोउलाई प्रधानमन्त्री बनाएकोमा दुई तिहाइ नागरिक असन्तुष्ट देखिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
फ्रान्सेली साप्ताहिक पत्रिका 'डु डिमान्चे' का लागि आईएफओपीले गरेको एक नयाँ सर्वेक्षणमा ६६ प्रतिशत उत्तरदाताले प्रधानमन्त्रीको कार्यसम्पादनबाट चित्त नबुझेको बताएका छन् । आफ्नो नयाँ सरकार प्रमुखप्रति ३४ प्रतिशतले मात्र समर्थन जनाएका वा सन्तुष्ट रहेको बताएका खबरमा उल्लेख छ ।
आईएफओपीका अनुसार सन् १९५९ को दशकपछि प्रधानमन्त्रीका लागि यति कम समर्थन देखिएको छैन । आईएफओपीका सर्वेक्षकहरूले डिसेम्बर ११ देखि १८ को बीचमा दुई हजार चार जना फ्रान्सेली जनप्रतिनिधिसँग सर्वेक्षणका लागि सोधपुछ गरेका थिए ।
राष्ट्रपति इम्यानुयल म्याक्रोँको कार्यकालको छैटौं र सन् २०२४ को चौथो प्रधानमन्त्री बायरोउ हुनुहुन्छ । गएको डिसेम्बर १३ मा नियुक्त भएका बायरोउले अहिलेसम्म म्याक्रोँलाई आफ्नो मन्त्रीमण्डलको निर्णय बुझाउनुभएको छैन । बायरोउले आफ्नो नयाँ टिम सप्ताहन्तमा वा क्रिसमसअघि कुनै पनि हालतमा तय हुने बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।