एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
रुसले पूर्वी युक्रेनका थप दुई वटा गाउँ कब्जामा लिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले निकालेको विज्ञप्तिमा रुसी सेनाले उत्तर–पूर्वी खार्किभ क्षेत्रको लोजोभा र युक्रेनको क्रास्नोय गाउँलाई कब्जा गरेको उल्लेख छ ।
क्रास्नोय कुराखोभको संसाधन क्षेत्रको नजिकमा रहेको छ । रुसले खार्किभको सबैजसो भागलाई घेरेको छ । यो सम्पूर्ण डोनेट्स्क क्षेत्र कब्जा गर्ने मस्कोको प्रयासका लागि प्रमुख उपलब्धि हुनेछ ।
आउँदो जनवरीमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आउनुअघि नै रुसले पूर्वी युक्रेनमा आफ्नो प्रगति तीव्र बनाएको छ । रिपब्लिकन पार्टीले युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै निर्णायक शर्त प्रस्ताव नगरी झन्डै तीन वर्षदेखि चलिरहेकाे द्वन्द्वको शीघ्र अन्त्य गर्ने बताएको छ ।
रुसी सेनाले यस वर्ष एक सय ९० भन्दा बढी युक्रेनी बस्तीहरू कब्जा गरेको दाबी गरेको छ । युक्रेनले जनशक्ति र गोलाबारुदको अभावबीच आफ्नो गुमेको भू–भाग फिर्ता लिने कठिन यात्राको सामना गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।