कैलालीमा बोक्सी आरोपमा महिलालाई कुटपिट गर्नेलाई कारबाही गर्न माग

 पुष १०, २०८१ बुधबार ९:३०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कैलालीको भजनी नगरपालिकाकी एक महिलालाई बोक्सी आरोपमा कुटपिट भएको घटनामा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्जालका अनुसार भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा यही पुस १ र ४ गते निर्घात कुटपिट भएको हो । यस्तो अमानवीय कार्यमा संलग्नलाई पक्राउ गरी कानूनअनुसार कारबाही गर्न/गराउन  विभिन्न सङ्घ संस्थासहित महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले पनि अपिल गरेको छ ।

कुटपिटबाट घाइते हसिनाको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ । बोक्सीको आरोपमा आफूमाथि कुटपिट हुँदा अरु रमिते बनेका उहाँको गुनासो छ ।

दोस्रो पटकको कुटपिटपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले बाबुराम चौधरी, मनोज चौधरी, लाहानु चौधरी र रूपा चौधरीलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटना जघन्य अपराध भएको र आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न भनिएको बताउनुभएको छ । 


 

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया