कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि हुँदैन : प्रवक्ता गुरुङ
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – कैलाली टीकापुरको जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले टीकापुर नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारी र जग्गाधनी गरी ८७ जनालाई दोषी ठहर गरेको छ । अदालतले ११ जना पदाधिकारी तथा कर्मचारी र ७६ जना जग्गाधनीलाई दोषी ठहर गरी सजाय सुनाएको हो ।
अदालतले टीकापुर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी र संयोजक गणेश सिंह रावललाई मुख्य दोषी ठहर गरेको छ ।
उनीहरूले बदनियतपूर्वक किर्ते प्रमाण राखेर आवेदन गर्ने प्रथम तहका खरिदकर्ता व्यक्तिको नाममा जग्गा दाखिला गर्न सिफारिश गरेको अदालतले ठहर गरेको छ । जोशी र सिंह रावललाई एक वर्ष ६ महिना कैद र जनही १३ लाख ७ हजार तीन सय रूपैयाँ जरीवानाको सजाय सुनाइको छ ।
यस्तै समितिका सदस्यहरू श्याम खत्री, बमबहादुर बम, देवेन्द्र कुँवर, पदमराज न्यौपाने, खडकबहादुर शाह, अम्बादत्त जोशी, बलबहादुर कडायत, मानबहादुर चन्द र जयबहादुर विष्टलाई तीन महिना कैद र १३ लाख ७ हजार तीन सय रूपैयाँ दामासाहीले जरीवाना ठहर गरिएको छ । अरुको हकमा तीन महिना कैद र जग्गा अनुसारको जरीवाना तोकेको छ ।
जग्गा पनि जफत गरी समितिकै कायम हुने ठहर गरेको छ । टीकापुर विकास समितिको नामबाट नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० माघमा मुद्दा दायर गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।