च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – एन्फा महिला लिग फुटबलको दोस्रो चरणको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा एपीएफले आर्मीलाई २–१ गोलले हरायो । एपीएफकी रश्मीकुमारी घिसिङ र अनिता बस्नेतले १/१ गोल गरे । आर्मीकी अमिशा कार्कीले गोल गरिन् ।
योसँगै एपीएफले ८ वटै खेल जितेर अपराजित रहँदै दोस्रो चरण सकाएको छ । दोस्रो चरणमा आर्मी दोस्रो भएको छ । यस्तै नेपाल पुलिस क्लब तेस्रो र बाग्मती युथ क्लब चौथो भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका भने बाहिरिएको छ ।
अब प्लेअफ अन्तर्गत इलिमिनेटरमा पर्सि शुक्रवार पुलिस र बाग्मती युथ खेल्दैछन् । यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । यस्तै पहिलो क्वालिफायर शनिवार एपीएफ र आर्मी खेल्दैछन् । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले दोस्रो क्वालिफायरमा इनिमिनेटरको विजेतासँग खेल्नेछ ।
एन्फा महिला लिगको उपाधिका लागि फाइनल खेल माघ १६ गते बुधवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।