तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै १ करोड २४ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सल्यानको छत्रेश्वरी गाउँपालिका–६ घर भई काठमाण्डौ महानगरपालिका–१४ बस्ने २५ वर्षीय सुनिल दसौदी, काभ्रेको पाँचखाल गाउँपालिका–५ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने ३१ वर्षीय विकाश दवाडी, गोरखाको शहीद लखन गाउँपालिका–७ घर भई काठमाण्डौ महानगरपालिका–१६ बस्ने ३७ वर्षीय सुरेन्द्र विक र काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–८ घर भएका २४ वर्षीय विशाखा पौडेल रहेका छन् ।
सुनिलले सर्बिया पठाइदिने भन्दै १ जनाबाट २२ लाख ३८ हजार, विकाशले जापान पठाइदिने भन्दै २ जनाबाट ३ लाख, सुरेन्द्रले अमेरिका पठाइदिने भन्दै १ जनाबाट ९७ लाख ५४ हजार र विशाखाले कुवेत पठाइदिने भन्दै १ जनाबाट १ लाख ६० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी तथा अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।