तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै
माघ १७, २०८१ बिहिबार
भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिकाले आजदेखि आफ्नै नयाँ भवनबाट प्रशासनिक सेवा शुरू गरेको छ । यसअघि नगरपालिकाले टङ्कप्रसाद आचार्य प्रतिष्ठानको भाडाको घरबाट प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको थियो ।
आजदेखि आफ्नै भवनबाट सेवा शुरू गरेको नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । मेयर, उपमेयरको कार्यकक्ष र अन्य महत्त्वपूर्ण शाखाहरू नयाँ भवनमा सारेर सेवा शुरू भएको उहाँले बताउनुभयो । भोलि र पर्सिको सार्वजनिक बिदामा सबै शाखाहरू सारेर नयाँ भवनबाटै सेवा सञ्चालन हुनेछ ।
नयाँ भवनमा ९२ वटा कार्यकक्ष, स्तनपान कक्ष, अपाङ्गमैत्री, ५ सय वटा गाडी अट्ने दुई तलाको भूमिगत पार्किङ, ८ जना क्षमता रहेको २ वटा लिफ्ट, ३ सय जना अट्ने सेमिनार हल, २ वटा बैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
नगरपालिकाले ६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा २० करोड ४१ लाख ५२ हजार रुपैयाँमा भवन निर्माण गरेको हो । मासिक १ लाख लाख २० हजार भाडा तिर्दै आएको नगरपालिकाले सङ्घीय सरकारको २ करोड, जिल्ला समन्वय समितिको ७५ लाख र बाँकी आफ्नै लगानीबाट भवन निर्माण गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।