तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै
माघ १७, २०८१ बिहिबार
बङ्गलादेशले हसिना शासनका गल्तीहरू दोहोर्याउने खतरा रहेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था 'ह्युमन राइट्स वाच' (एचआरडब्ल्यू) ले चेतावनी दिएको छ ।
पत्रकारहरूविरुद्धको प्रतिशोध र जथाभाबी गिरफ्तारीले पदच्यूत प्रधानमन्त्री शेख हसिनाको शासनकालमा देखिएका कानूनी दुरुपयोगहरू अन्तरिम सरकारले पनि दोहोर्याउने खतरा रहेको एचआरडब्ल्यूले चेतावनी दिएको एएफपीले जनाएको छ ।
विद्यार्थी नेतृत्वको क्रान्तिले आफ्नो १५ वर्षको निरङ्कुश शासनको अन्त्य गरेपछि हसिना गएको अगस्टमा भारततर्फ भाग्नुभएको थियो । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले दूरगामी लोकतान्त्रिक सुधारहरू स्थापना गर्ने र नयाँ चुनाव गर्ने वाचा गर्दै केही दिनपछि कार्यभार सम्हालेको थियो ।
एचआरडब्ल्यूले आज निकालेको प्रतिवेदनमा युनुसको प्रशासनले हसिनाको आवामी लिग पार्टीका विरोधीहरूलाई यातना दिने साधनका रूपमा प्रयोग गरिएका कमजोर संस्थाहरूको सुधार प्रक्रिया शुरू गरेको बताएको छ । तर ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) का एशिया निर्देशक इलेन पियर्सनले यदि अन्तरिम सरकारले द्रुत र संरचनात्मक सुधारहरू कार्यान्वयन नगरे कठिन मेहनतले प्राप्त प्रगति सबै गुम्न सक्ने चेतावनी दिनुभएको छ ।
हसिनाको निष्कासनपछि दुई महिनामा १०औं हजार मानिसविरुद्ध आरोप दर्ता गर्दै प्रहरीले हसिनाका समर्थकहरूलाई लक्षित गर्न ‘अघिल्लो सरकारको जस्तै दुर्व्यवहारपूर्ण अभ्यासहरूमा फर्केको’ प्रतिवेदनले जनाएको छ ।
अन्तरिम सरकारले हसिनाको सरकारलाई समर्थन गर्ने पत्रकारहरूविरुद्ध कडा कारबाही गरेको पनि प्रतिवेदनमा उल्लेख छ । युनुसको सरकारले अहिलेसम्म प्रतिवेदनमाथि टिप्पणी गरेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।