एनआरटी क्लब बुढासुब्बा गाेल्डकपकाे सेमिफाइनलमा
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – बेलायतका राजकुमार एवम् एडिनबर्गका ड्युक एड्वार्ड र उहाँकी श्रीमती सोफी काठमाण्डाै आइपुग्नुभएको छ । आज बिहान साढे ११ बजे सोफी र त्यसको केहीबेरपछि एड्वार्ड काठमाण्डौ आइपुग्नुभएको हो ।
दुवै जनालाई परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्नुभएको छ । बेलायती राजकुमार दम्पतीको सुरक्षामा नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । उहाँहरूलाई ‘ख श्रेणी’ को सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
बेलायती राजकुमार दम्पतीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तालिका रहेको छ । उहाँहरू ब्रिटिश गोर्खाको शिविरमा पनि जानुहुनेछ । यस्तै काठमण्डौ, पोखरा र घान्द्रुकका विभिन्न ठाउँमा घुमघामको पनि तालिका रहेको छ ।
बेलायती राजकुमार दम्पतीको सन् २०२५ को यो पहिलो विदेश भ्रमण हो । उहाँहरू आउँदो आइतवार स्वेदश फर्कनुहुनेछ ।
तस्वीर : परराष्ट्र मन्त्रालय
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।