स्वर्गद्वारी गुठीका मोही किसानले माइतीघरमा अनिश्चितकालीन धर्ना...
माघ २०, २०८१ आइतबार
काठमाडौं, वैैशाख २५ – प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका विषयमा मंगलबार छलफल गर्नुभएको छ ।
मंगलबार बिहान आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास विकासको वाधक भएकोले त्यसलाई व्यवस्थित गर्न बस्तीहरु स्थानान्तरण गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।
यसैगरी भू–उपयोग सम्बन्धी नीति पनि बनाउनु पर्ने पूर्व प्रधानमन्त्रीहरुले सुझाव दिनुभएको छ । बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको सहभागिता थियो ।
प्रम ओलीको आग्रहमा पूर्व प्रमहरूलेआसन्न बजेट र भारतीय प्रमको नेपाल भ्रमणवारे आआफ्ना गच्छे अनुसार सल्लाहसुझाव दिइयो!निर्वाचित जनप्रतिनिधिहरूलाई बजेट निर्माण प्रक्रियामा सक्रिय सहभागी बनाउनुपर्ने तर तजबिजी रकम दिननहुने सुझाब दिइयो। आगे प्रमको जो मर्जी!
भेटघाटको प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीटमा आफूहरुले प्रधानमन्त्री ओलीलाई गच्छे अनुसारको सल्लाह–सुझाव दिएको जनाउनुभएको छ । उहाँले बजेट निर्माणको छलफलमा जनप्रतिनिधिलाई सक्रिय सहभागिता गराउन आग्रह गर्दै तजबिजी रकम दिन नहुने सुझाव दिएको उल्लेख गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।