गुठीपीडित किसान र प्रहरीबीच नयाँ बानेश्वरमा झडप

 फागुन १८, २०८१ आइतबार १५:१२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – दाङको स्वर्गद्वारी गुठीपीडित मोही किसान र प्रहरीबीच काठमाण्डाैको नयाँ बानेश्वरमा झडप भएको छ । झडपपछि प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । दाङको देउखुरीबाट काठमाण्डौ आएका गुठीपीडित मोही किसान एक महिनादेखि माइतीघर मण्डलमा धर्ना दिइरहेका छन् । उनीहरू प्रदर्शनका क्रममा नयाँ बानेश्वर पुगेपछि प्रहरीसँग झडप भएको हो ।

गुठीपीडित मोही किसानले निषेधित क्षेत्रभित्र प्रवेश गर्न लाग्दा झडप भएको काठमाण्डाै प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिनुभयो । झडप हुँदा प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गा पौडेल घाइते हुनुभएको छ । उहाँको टाउकामा पाँच वटा टाँका लगाएको एसपी बोहराले बताउनुभयो ।  

गएको वर्ष सरकारसँग भएको सहमति कार्यान्वयन माग गर्दै गुठीपीडित किसान आन्दोलनमा छन् । २०८० चैत ७ मा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहमति गरेको थियो । जसमा स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानको मागलाई सम्बोधन हुनेगरी सरकारले नयाँ एकीकृत कानून बनाउने उल्लेख थियो । एक वर्ष पुग्न लाग्दा पनि सरकारले कानून निर्माणको प्रक्रिया थालेको छैन । त्यसका लागि दबाब दिन एक महीनाअघि गुठीपीडित किसान काठमाडौं पुगेका हुन् ।  

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया