एशियाली महिला कबड्डी च्याम्पियनशिप खेल्न नेपाली टोली इरानमा
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ सालघारीमा रहेको शैलेश्वरी सामुदायिक वनमा दुई जनाको शव भेटिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३२ वर्षीय देवल चौधरी र ३४ वर्षीय कैदा रानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
चौधरीको शव रुखमा झुन्डिएको अवस्थामा र रानाको शव केही पर पल्टिएको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।
बिहान वनमा दुई वटा शव देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका हुन् । मृतक कैदा रानाका छोरा कैलास रानाको गएको भदौ महिनामा मोहना नदीमा डुवेर ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।