पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरू, उत्कृष्ट ३ ख...
फागुन २५, २०८१ आइतबार
काठमाण्डौ – फिफाले महिला फुटबलमा पनि क्लब विश्वकप आयोजना गर्ने भएको छ । सन् २०२८ देखि शुरू हुने प्रतियोगिता हरेक चार वर्षमा हुनेछ । क्लब विश्वकपमा ६ महादेशका १६ टीम सहभागी हुनेछन् । पाँच युरोपसहित १३ क्लब सीधै छनौट हुनेछन् भने बाँकी स्थानका लागि प्ले अफ हुनेछ ।
यस्तै फिफाले यो वर्षको पुरुष क्लब विश्वकपको पुरस्कार एक विलियन डलर हुने बताएको छ । १४ जुनदेखि १३ जुलाइसम्म अमेरिकामा हुने प्रतियोगितामा ३२ टीमले भाग लिनेछन् ।
यसैबीच नियमनकारी निकायले महिला च्याम्पियन्स कप पनि २०२६ बाटै शुरू गर्दैछ । यो प्रतियोगिता महिला फुटबलको पहिलो ग्लोबल प्रतिस्पर्धा हुनेछ ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताको शुरूवातसँगै महिला फुटबल नयाँ उचाइमा पुग्ने बताएका छन् ।
हरेक वर्ष आयोजना गरिने च्याम्पियन्स कपमा ६ टोली सहभागी हुनेछन् । क्लब विश्वकप भएको वर्ष भने च्याम्पियन्स कप हुनेछैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।