कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले वडा नम्बर १६ का गृहणीहरूलाई जडीबुटी र घरेलु मसलासम्बन्धी तीन दिने तालिम दिएको छ । भान्छामा प्रयोग हुने परम्परागत मरमसला र ती मरमसलासँगै आफू वरिपरि पाइने जडीबुटी चिनाउनका लागि तालिम आयोजना गरेको महानगरपालिकाले जनाएको छ ।
तालिमको समापन समाराेहमा सहभागीहरूले रोग लाग्न नदिन तथा कतिपय रोगहरूको उपचारका लागि भान्छामा प्रयोग हुने मसला र सजिलै पाइने जडीबुटी उपयोगी हुन्छन् भन्ने कुरा थाहा पाएको बताएका छन् ।
आरोग्य संस्थासँगको सहकार्यमा वडाले आयोजना गरेको तालिममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले खानाबाट व्यक्तिमा रोगको शुरुआत हुने भएकोले महानगरपालिकाले स्वच्छ भान्छा, आरोग्य जीवनलगायत कार्यक्रमबाट निदानात्मक स्वास्थ्य सेवा थालेको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठले हेर्दा सामान्य लागे पनि शहरी जीवनमा खाद्य आचरण र स्वच्छ भान्छासम्बन्धी कार्यक्रम प्राथमिकतामा राख्नुपर्ने अवश्यकता रहेको बताउनुभयो ।
प्रशिक्षक मञ्जिप शाक्यका अनुसार तालिममा बेसार, मरिच, लसुन, अलैंची, जिम्बु, मेथी, ल्वाङ, मरिच, दालचिनी, तेजपात, सुकमेल, घिउलगायतको परिचय र प्रयोगबारे जानकारी गराइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।