न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
सुर्खेत – तारा एअरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सानी बेहोर्नुपर्ने भएपछि उडान बन्द गरेको तारा एअरले जनाएको छ ।
कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले गएको मङ्सिर १९ मा उद्घाटन गर्नुभएको हवाई सेवा अहिले बन्द भएको हो । हिमाली टुर एण्ड ट्राभल्सले तारा एअरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो ।
ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको तथा हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ ।
ट्राभल्सका मिनबहादुर रावलले मुगु, हुम्ला र जुम्लामा हप्तामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम शुरू गरे पनि आवश्यक सहयोग प्राप्त नभएका कारण उडान सेवा बन्द गरिएको बताउनुभयो ।
यसैबीच सुर्खेतमा हवाई सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा आवतजावत गर्न बाँकेको नेपालगञ्ज विमानस्थलकै भर पर्नुपर्ने बाध्यता भएको छ । बाँकेबाट तारा, समिट र गोमा एअरले हुम्ला, जुम्ला, मुगु र डोल्पामा उडान भर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।