चलचित्र ‘होस्टल ३’ देशभर प्रदर्शनमा

 फागुन २३, २०८१ शुक्रबार १०:२६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चलचित्र ‘होस्टल ३’ देशभर प्रदर्शनमा आएको छ । चर्चित हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा ‘धुन्धुकारी’ पात्रबाट चर्चामा आएका माग्ने बुढा अर्थात् केदार घिमिरेका छोरा आशिष घिमिरेले यस चलचित्रमार्फत डेब्यु गर्नु भएको छ ।

सशान कँडेलले निर्देशन गरेको चलचित्रमा कँडेल आफैले चलचित्रको कथा तयार गर्नु भएको हो भने पटकथा माधव शर्माले लेख्नु भएको हो । सशानले यसअघि ‘होस्टल’ सिरिजका पहिलो र दोस्रो संस्करण निर्देशन गर्नु भएको थियो।

चलचित्रमा पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त र हेना नगरकोटी मुख्य भूमिका रहेको छ । सामाजिक सञ्जालमा ‘कुल ब्वाय’ भनेर चिनिने पारस बम र वेब सिरिज ‘खेल’ तथा ‘साहु बा’बाट चर्चामा आएकी हेना नगरकोटीको अभिनय विशेष आकर्षण हो ।

चलचित्रले कलेज जीवनका उतारचढाव, मित्रताको सम्बन्ध र युवापुस्ताका भावनालाई चित्रण गरेको छ । युवा दर्शकलाई लक्षित गरिएको चलचित्रमा प्रेम, द्वन्द्व र मित्रताको कथालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया