उदयपुरको गाईघाटमा गाडीको ठक्करबाट दिदीबहिनीको ज्यान गयो

 फागुन २३, २०८१ शुक्रबार ११:५:० | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

उदयपुर – उदयपुर सदरमुकाम गाईघाटमा त्रियुगा बसपार्क जाने सडक खण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको ज्यान गएको छ ।

गाडीको ठक्करबाट सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको ज्यान गएको हो ।

हिजो बेलुका प्रदेश नम्बर १ ०५–००१ च ०९२ नम्बरको गाडीले डीएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिनुभयो ।

ठक्कर दिने गाडी हिमशीखर फर्निचर उद्योगको रहेको प्रहरीको भनाइ छ । चालक त्रियुगा नगरपालिका–९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । 

अन्तिम अपडेट: फागुन २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया