दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

 फागुन २३, २०८१ शुक्रबार १२:५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको सतबरियामा भएको मोटरसाइकल दुर्घटनामा गणेश चौधरीको ज्यान गएको छ । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते लमही नगरपालिका–८, सतबरियाका ३३ वर्षीय चौधरीको नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमहीबाट सतबरियातर्फ जाँदै गरेको रा १ प ६०३९ नम्बरको मोटरसाइकल लमही नगरपालिका–७, नयाँ बस्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनापछि माटरसाइकलमा रहेका ४२ वर्षीय सन्तबहादुर चौधरीलाई पक्राउ गरेको प्रहरी चौकी अमिलियाका प्रहरी प्रमुख भवानीप्रसाद धमलाले जानकारी दिनु भएको छ ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया