पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरू, उत्कृष्ट ३ ख...
फागुन २५, २०८१ आइतबार
काठमाण्डौ – विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली आज भारत जाँदैछन ।
दिउँसो १ बजे इन्डिगो एअरलाईन्समार्फत नेपाली टोली दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली टोलीसँगै जान लाग्नु भएका एथलेटिक्सका अध्यक्ष ओमनाथ सिवाकोटीले उज्यालोलाई जानकारी दिनुभयो ।
आजदेखि यही मार्च १४ तारिख सम्म भारतमा हुने प्रतियोगितामा ५ पुरुष र १ महिला खेलाडीले नेपालबाट सहभागिता जनाउँदै छन ।
पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी,सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउने छन् । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रभा आङदेम्बेले महिला २ सय/४ सय मिटर दौड र लङजम्पमा भाग लिनेछिन् ।
अफिसियलमा राखेपकी सदस्य अञ्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला राना मगर छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।