नर्थ म्यासेडोनियाको रात्रि क्लबमा आगलागी : कम्तीमा ५१ जनाको ज्य...
चैत ३, २०८१ आइतबार
काठमाण्डौ – घरजग्गाको कारोबारबाट अघिल्लो महिना फागुनमा चार अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघको तुलनामा फागुनमा राजस्व सङ्कलन बढेको छ ।
घरजग्गाको कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व सङ्कलनमा समेत बढ्दै गएको विभागले जनाएको छ । विभागका अनुसार फागुनमा रजिष्ट्रेशन दस्तुर दुई अर्ब २० करोड ३७ लाख ८९ हजार, पुँजीगत लाभकरबाट एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार र सेवा करबाट २८ करोड ८४ लाख ६८ हजार सङ्कलन भएको छ ।
विभागले गएको साउनमा तीन अर्ब ८३ करोड ५० लाख, भदौमा तीन अर्ब नौ करोड, असोजमा तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख, मङ्सिरमा तीन अर्ब ८७ करोड, पुसमा चार अर्ब २५ करोड २२ लाख र माघमा तीन अर्ब ८७ करोड २४ लाख राजस्व सङ्कलन गरेको थियो ।
मालपोत कार्यालय कलङ्कीले फागुनमा २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिलले २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले ३८ करोड २८ लाख तथा मालपोत कार्यालय खैरहनी, चितवनले तीन करोड ९४ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।