परिस्थिति ठीक बनाउन नसकेसम्म योजनाबद्ध ढङ्गले लाग्छाैँ : प्रधान...
चैत ३, २०८१ आइतबार
अमेरिकाले यमनका हुथी विद्रोहीमाथि हवाई आक्रमण थालेको छ । हुथी विद्रोही समूहविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण शुरु गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशल नेटवर्कमा उल्लेख गर्नुभएको छ ।
लाल सागरमा जहाजहरूमा सशस्त्र समूहबाट आक्रमण भएको र जवाफी आक्रमण थालिएको ट्रम्पको दाबी छ । साथै उहाँले इरानको आर्थिक सहयोगमा, हुथी समूहले अमेरिकी विमानमा मिसाइल प्रहार गरेको र आफ्ना सेना र सहयोगी उनीहरुको निशानामा परेका आरोप लगाउनुभएको छ ।
हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा कम्तिमा १५ जनाको ज्यान गएको र अन्य नौ जना घाइते भएको बताएको बीबीसीले उल्लेख गरेको छ । हुथी समूहले साना र साउदी अरेबियाको सिमानामा रहेको विद्रोहीको गढ सादाको उत्तरी प्रान्तमा शृङ्खलाबद्ध विस्फोट भएको रिपोर्ट गरेका छन् ।
इजरायल र अमेरिकालाई आफ्नो शत्रु मान्दै आएको इरान समर्थित विद्रोही समूह हुथीले साना र यमनको उत्तर–पश्चिममा पकड कायम गर्दै आएको छ । हुथी विद्रोही यमनको अल्पसङ्ख्यक शिया मुस्लिम समुदाय जायदीको समूह हो ।
सन् १९९० को दशकमा तत्कालीन राष्ट्रपति अली अब्दुल्लाह सालेहले भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरूले भ्रष्टाचारविरुद्ध लड्न यो समूह गठन गरेको बताएका थिए । सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेपछि हुथीहरूले अमेरिका र इजरायललाई शत्रुका रूपमा लिने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।