नर्थ म्यासेडोनियाको रात्रि क्लबमा आगलागी : कम्तीमा ५१ जनाको ज्य...
चैत ३, २०८१ आइतबार
काठमाण्डौ – आजदेखि भारतबाट बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १२ घण्टा मात्रै विद्युत आयात हुने भएको छ । दैनिक २० घण्टासम्म आयात भैरहेकोमा अब १२ घण्टामात्रै आयात हुँदा ओद्योगिक क्षेत्रमा बिजुली कटौतीको सम्भावना देखिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार यसअघिकै सम्झौताअनुसार भारतले सोलार आवरमा मात्रै बिजुली दिन लागेको हो । भारतले रातमा बिजुली नदिए पनि कुनै समस्या नआउने प्राधिकरणको भनाइ छ । अहिले माग घट्दो र उत्पादन बढ्दो अवस्थामा रहेकाले कुनै समस्या नआउने गरी व्यवस्थापन गर्ने प्राधिकरणले बताएको छ ।
हिउँदमा खोला तथा नदीमा पानीको बहाव घटेर बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गरिँदै आएको छ । गएको मंसिरमा हिउँदयाममा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले मार्च १५ अर्थात चैत २ गतेसम्म दिनको २० घण्टा र मार्च १६ देखि जुन ३० सम्म सोलार आवर अर्थात् बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्ममा मात्रै आयात गर्ने अनुमति दिएको थियो ।
मार्च १६ पछि पनि दैनिक २० घण्टा बिजुली आयात गर्न दिन भारतलाई आग्रह गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार भारतको विद्युत मन्त्रालयले छलफल गरेर जानकारी दिने बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।