नर्थ म्यासेडोनियाको रात्रि क्लबमा आगलागी : कम्तीमा ५१ जनाको ज्य...
चैत ३, २०८१ आइतबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६३ अङ्कले घटेर २ हजार ७ सय १४ दशमलव ८५ विन्दुमा झरेको छ ।
आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरै ओरालो लागेको छ । यस्तै लगानी, अन्य समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज ग्रीन विकास बैंक र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन सामुदायिक लघुवित्त कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन गएको बुधवार ८ अर्ब २३ करोडको कारोबार भएकोमा आज ३ सय १६ वटा कम्पनीका १ करोड ३९ लाख कित्ता शेयर ६ अर्ब ८३ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।