परिस्थिति ठीक बनाउन नसकेसम्म योजनाबद्ध ढङ्गले लाग्छाैँ : प्रधानमन्त्री

 चैत ३, २०८१ आइतबार १५:२८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठीक बनाउन नसकेसम्म योजनाबद्ध ढङ्गले लाग्ने बताउनुभएको छ ।

नेपाल उद्योग परिसङ्घले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योजनाबद्ध सक्रियता र धैयर्तापूर्वक अघि बढिरहेको बताउनुभयो । उहाँले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गर्नुभयो ।

सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि सङ्कल्पका साथ अघि बढिरहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले झुटको खेती धेरै हुने गरेको उल्लेन गर्नुभयाे । लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा प्रधानमन्त्री ओलीले महिला र पुरुषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया