हाेली मनाउने क्रममा एक जनाकाे ज्यान गयाे
चैत २, २०८१ आइतबार
नर्थ म्यासेडोनियाको एउटा रात्रि क्लबमा भीषण आगलागी हुँदा कम्तीमा ५१ जनाको ज्यान गएको छ । आगलागीमा परी एक सय जनाभन्दा धेरै घाइते भएका म्यासेडोनिया सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
राजधानी स्कोपियबाट झन्डै सय किलोमिटर पूर्वमा रहेको कोकानी शहरको पल्स क्लबमा स्थानीय समयअनुसार बिहान ३ बजे आगो फैलिएको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा भवन आगोको लप्काले ढाकिएको देखिन्छ ।
बीबीसीको खबरमा उल्लेख भएअनुसार आगालागीको समयमा क्लबमा म्यासेडोनियाको लोकप्रिय हिप–हप ब्यान्ड एडीएनको कन्सर्टमा आयोजना भइरहेको थियो । कन्सर्टमा झन्डै एक हजार पाँच सय जनाको उपस्थिति रहेको प्रहरीले जनाएको छ ।
आतिशबाजी उपकरणहरूको प्रयोगका कारण आगलागी फैलिएको प्रहरीको अनुमान छ । प्रधानमन्त्री ह्रिस्टिजान मिकोस्कीले विज्ञप्ति निकालेर धेरै युवाहरूले जीवन गुमाउनु ‘देशका लागि कठिन र धेरै दुखःद दिन’ भएको भन्दै अनुसन्धान भइरहेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।