नवलपुरबाट एउटा पोथी गैँडा पूर्वी क्षेत्र लगियो, अब तीन वटाला...
माघ २०, २०८१ आइतबार
काठमाडौं – नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि प्रसारण हुँदै आएको अन्तर्वार्तामूलक कार्यक्रम ‘सिधा प्रश्न’ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको निर्देशनमा बन्द गरिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
कार्यक्रम प्रस्तोता राजु थापाले मन्त्री बास्कोटासँग लिएको अन्तर्वार्तामा सम्पत्ति विवरणसम्बन्धी प्रश्न सोधेकै आधारमा कार्यक्रम बन्द गराइएको भन्दै महासंघले कार्यक्रम बन्द नगर्न आग्रह गरेको छ ।
प्रश्न सोधैकै आधारमा निरन्तर रूपमा प्रसारणमा रहेको कार्यक्रम बन्द गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहासका साथै प्रेसको विश्वव्यापी मान्यताविपरीतको कार्य रहेको महासंघको ठहर छ । अन्तर्वार्ताका क्रममा प्रस्तोताले कम्युनिष्टहरुले दाइजोबाट सुन चाँदी लिन सुहाउँछ र भनी प्रश्न गरेपछि मन्त्री बाँस्कोटा आक्रोशित हुनु भएको थियो ।
आफूले कहिल्यै पनि दाइजो नलिएको दावी मन्त्री बाँस्कोटाले गरे पनि अन्तवार्ताकार थापाले मन्त्रीले आफैंले हस्ताक्षर गरेर सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमतीको माइतबाट सुन चाँदी आएको उल्लेख भएको कागजात देखाउनु भएको थियो ।
आफूलाई पेलेर प्रश्न सोधेको र अप्ठ्यारोमा पारेको रिसमा मन्त्री बास्कोटाले कार्यक्रम नै बन्द गर्न नेपाल टेलिभिजनलाई निर्देशन दिनुभएको थियो । तर नेपाल टेलिभिजनले भने आन्तरिक कारणले नै कार्यक्रम बन्द गर्नुपरेको बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dinesh thapa
June 15, 2018, 7:47 a.m.Mantri le ta ramrai uttar dinu vaxa raju sir le sikayeko jasto gari aawegma aaye jasto gari prasna garnu vaxa
गणेश सिह रावल
June 15, 2018, 4:32 a.m.मर्यादा, आचारसंहिता र कानुन बिपरित प्रश्न सोधियको भयपनि पत्रकार लाई कानुनको दायरा मा ल्यायर कारवाहि गर्नु पर्ने मा हुकुमि पाराले शो नै बन्द गर्नु ,गराउनु बहालावाला मन्त्री ले पदको दुरुपयोग र लोकतन्त्र उपहास गरेका छन यस्को मुल्यांकन जनताले अवश्य गरने छन ।
बिनोद
June 14, 2018, 7:20 p.m.सन्चार मन्त्रीले निकै सरल तथा सहज तरिकाले जवाफ दिनुभएको छ।।तर राजु जिले अरुले सिकाको जसरी प्रश्न गरिरहनु भएको छ।।एक्दमै राम्रो लाग्यो राज्य मन्त्री ज्युको यो अन्तर्बर्ता
बिनोद
June 14, 2018, 7:19 p.m.सन्चार मन्त्रीले निकै सरल तथा सहज तरिकाले जवाफ दिनुभएको छ।।तर राजु जिले अरुले सिकाको जसरी प्रश्न गरिरहनु भएको छ।।एक्दमै राम्रो लाग्यो राज्य मन्त्री ज्युको यो अन्तर्बर्ता
yadu poudel
June 13, 2018, 10:07 p.m.yadi tyo kura sachchai ho bhane ta ma laai pani thik lagena hai. yestaharulai neta haru bhanda ta haami sarbasadharan sad harangue maanchhe nai Kati thik Kati thik.
Rajib Adhikari
June 13, 2018, 8:09 p.m.sarkar ta nirankush huna aantechha................