नेदरल्यान्ड्सले नेपाललाई दियाे १ सय ४१ रनकाे लक्ष्य
माघ २०, २०८१ आइतबार
काठमाडाैं – प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल भैरहेकाेछ ।
विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालयको बजेटमा सांसदले धारणा राख्दै हुनुहुन्छ ।
आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक र विकास निर्माणबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरु अतहर कमाल मुसलमान, अमनलाल मोदी, अमरेशकुमार सिंहलगायतले विकास निर्माणका काम, दैनिक उपभोग्य वस्तुको उपलब्धता, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, तराईलगायत क्षेत्रमा वर्षात्को समयमा अपनाउनुपर्ने सतर्कता, सम्भावित जोखिम व्यवस्थापनलगायतका विषयमा धारणा राख्नुभयो ।
सांसद इन्दुकुमारी शर्माले बलात्कारजन्य अपराधका दोषीलाई कारवाही गरिनुपर्ने बताउनुभयो भने अर्की सांसद उमा रेग्मीले संविधानको पालना हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, सांसद खगराज अधिकारीले सडकलगायत क्षेत्रको एकाधिकार ‘सिण्डिकेट’ तोडी जनताको पक्षमा काम गरिनुपर्ने धारणा राख्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।