उच्च तहका कर्मचारीलाई अवकाशपछिको २ वर्षसम्म आईएनजीओमा काम गर्न दिनु हुँदैन : मन्त्री पण्डित

 असार ३, २०७५ आइतबार १७:४४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रिय सूचनाको गोपनीयताका कारण उच्च पदबाट अवकास लिएका सरकारी कर्मचारीलाई दुई वर्षसम्म एनजीओ, आइएनजीओमा काम गर्न दिन नहुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा मन्त्री पण्डितले कर्मचारीले अवकास पाउनेबित्तिकै एनजीओ, आइएनजीओमा काम गर्दा राष्ट्रको गोप्य सूचना चुहिने गरेकाले यस्तो बन्देज लगाउन आवश्यक रहेको दाबी गर्नुभयो ।

‘कार्यरत रहेकै बेला डिल मिलिसकेको हुन्छ, उहाँले भन्नुभयो, एनजिओ, आइएनजिओतिर छिर्ने बित्तीकै सरकारी सूचना त्यतै प्रयोग भईसक्छन् ।’ देशका महत्वपूर्ण सूचना बाहिर चुहिन नपाओस्, कर्मचारीप्रति गरेको लगानीको प्रतिफल राष्ट्रले नै पाओस भनेर अवकासपछि पनि देशमै काम गर्ने गरी व्यवस्था मिलाउने मन्त्री पण्डितले बताउनुभयो । विशिष्ट श्रेणीबाट अवकाश पाएका कर्मचारी राष्ट्रको सल्लाहकार भएको उहाँको भनाई थियो ।

उहाँले स्थानीय तहमा ९५ प्रतिशत प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भइसकेको बताउदै नभएका ठाउँमा पनि छिट्टै प्रबन्ध गर्ने बताउनुभयो । उहाँले तोकिएको ठाउँमा नजाने कर्मचारीलाई कारबाहीकोे प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिनुभयो ।

कर्मचारीलाई सरकारले जुनसुकै ठाँउमा खटाउन सक्ने भन्दै मन्त्री पण्डितले निजामती ऐन आएपछि स्थानीय तहका कर्मचारीलाई पनि अन्य क्षेत्रमा हेरफेर गर्न सकिने बताउनुभयो । नगरपालिका र महानगरपालिकाका कर्मचारी सरुवा नहुने परम्पराले काम गर्न कठिन भएको तथा एउटै कार्यालयमा हालिमुहाली गर्ने कर्मचारीको सरुवा गर्ने मन्त्री पण्डितले बताउनुभएको छ ।  

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया