लमजुङ दरबारको पुनर्निर्माण तीन वर्षमा पनि पूरा भएन
माघ २०, २०८१ आइतबार
काठमाडौं – संघीय संसदको संयुक्त बैठक तथा संयुक्त समिति कार्य संचालन नियमावली आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरिएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको आइतबारको संयुक्त बैठकमा संयुक्त बैठक तथा संयुक्त समिति कार्य संचालन नियमावली पेश गरिएको हो । नियमावलीमा संसदीय सुनुवाई विशेष समिति १५ सदस्यीय रहने र जसमा १२ जना प्रतिनिधिसभा र ३ जना राष्ट्रियसभाका सदस्य रहने ब्यवस्था गरिएको व्यवस्था गरिएको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।
नियमावलीमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको पनि व्यवस्था गरिएको सभापति पोखरेलले जानकारी दिनुभयो । ८ परिच्छेद, ४३ नियम र १ अनुसूचि रहेको नियमावलीमा जनमत संग्रह, राष्ट्रपति, उपराष्ट्रपतिको महाअभियोग, सरकारको बजेट तथा नीति कार्यक्रम, राष्ट्रिय महत्वका सन्धी, सम्झौता गर्दा दुवै सदनको दुई तिहाई बहुमतले पारित गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
नियमावलीमा सोमबार र मंगलबार संशोधन दर्ता गराउन सकिने छ । सभामुख कृष्णबहादुर महराले संसदीय संसद सचिवालयमा सोमबार र मंगलबार नियमावलीमाथि संशोधन राख्न सक्ने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो ।
असार ८ गते बस्ने संघीय संसदका दुवै सदनको सयुक्त बैठकमा नियमावलीमाथि दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।