गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
यूएईविरुद्धकाे टी-२० सिरिजमा नेपालले पाँचौ विकेट गुमाएको छ । रोहित कुमार पौडेल ४ रन बनाएर पाँचौ विकेटको रुपमा आउट भए । उनलाई जोहार खानले क्याच आउट भएका हुन् ।
यसअघि चौथो विकेटको रुपमा नेपालका भरपर्दा ब्याट्सम्यान पारस खड्का २५ रन बनाएर आउट भए । ओपनिङ गर्न आएका पारस २५ बल खेल्दै २५ रन बनाएर आउट भए । उनले ४ चौका प्रहार गरे ।
पहिलो बलमै प्रदीप ऐरी आउट भएपछि नेपालको इनिङ उकास्ने प्रयास गरिरहेका बेला ७.५ ओभरमा पारस चौथो विकेटको रुपमा आउट भए । अहिलेसम्म नेपालका प्रदीप ऐरी, ज्ञानेन्द्र मल्ल ७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी ४ रनमा आउट भए । क्रिजमा अहिले सन्दीप जोरा र करण केसी रहेका छन् । ताजा अवस्थामा नेपालले १२ ओभरकाे समाप्तिमा ५ विकेट गुमाएर ६९ रन बनाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।