करण केसीले लिए विकेट, यूएईको पाँचाैँ विकेट गयाे

 माघ १८, २०७५ शुक्रबार १५:४५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको दोस्रो टी–२० शृङ्खलामा करण केसीले नेपाललाई पाँचौ सफलता दिलाएका छन् । उनले १०.३ ओभरमा यूएईका मोहमद बोता आउट भएका छन् ।

बोता र सिपी रिजवानका बीचमा २४ रनको साझेदारी तोड्न सफल भए । बोता ११ रन बनाएर आउट भएका हुन् । अहिलेसम्म सन्दीप लामिछानेले २ तथा सोमपाल कामीले २ विकेट लिएका छन् ।

सन्दीप लामिछानेले छैटौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पाँचौ बलमा शैमान अनवरलाई आउट गरे । अनवर ११ बलमा १४ रन बनाएर खेलिलरहेका थिए । अन्तिम बलमा पनि सन्दीपले व्यक्तिगत दोस्रो विकेट हात पारे । दोस्रो विकेटको रुपमा मोहमद उस्मानलाई आउट गरेका थिए ।

त्यसअघि सुरुका दुई विकेट सोमपाल कामीले लिएका थिए । पहिलो ओभरको अन्तिम बलमा सोमपालले अस्फाक अहमदलाई आउट गरेका सोमपालले तेस्रो ओभरको तेस्रो बलमा गुलाम सबेरलाई पेभेलियन पठाए । १२ ओभरकाे खेल सकिँदा यूएईले ५ विकेटकाे नाेक्सानीमा ६८ रन बनाएकाे छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया