धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
मकवानपुर – नेपाली कांग्रसेका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला शुक्रबार सकिने भएकाे छ ।
विहीबार नै सबै जिल्लाका सभापतिहरुले बोल्ने क्रम सकिएकाले शुक्रबार उनीहरुले उठाएका विषयहरुको केन्द्रीय पदाधिकारीहरुले जवाफ दिएर आज हेटौंडा घोषणापत्र जारी गर्दै भेला सकिने भएको हो ।
असार ५ गतेबाट सुरु भएको जिल्ला सभापतहिरुको भेला शुक्रबार दिउँसो १ बजेसम्म सक्ने तयारी गरिएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
जिल्ला सभापतिहरुले दिएको सुझावलाई पहिले पारित गर्ने र केन्द्रीय स्तरका पदाधिकारीले सम्बोधन गरेपछि भेला सकिने उहाँले बताउनुभयो ।
जिल्ला सभापतिहरुको भेलाबाट कुनैपनि खालका निर्णयहरु नगरीकन सुझावलाई मनन मात्र गरिने उहाँको भनाई छ ।
जिल्ला सभापतहिरुले दुई कम्युनिष्ट एक हुनसक्ने, भारत र पाकिस्तान वार्ता हुनसक्ने तर केन्द्रीय नेतृत्व किन एक हुन नसक्ने भनेर प्रश्न गरेका थिए ।
भेलापछी कांग्रेसका विभिन्न गुट र उपगुटका नेताहरु एक भएको सन्देश दिने तयारी गरेपनि गुट अझै झांगिदै जाने संभावना छ ।
अहिलेको सभापतिहरुको भेलामा रामचन्द्र पौडेल पक्ष बलियो भएका कारण पनि पार्टी सभापति शेरबहादुर देउवालाई कुन निर्णय लगेर कमजोर बनाउन सकिन्छ भन्ने रणनितिमा जिल्ला सभापतिहरु लागिपरेको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।