कस्तो बन्छ एमाले माओवादीको नयाँ दल ? एकता घोषणा अघि के–के हुँदैछ ?

 जेठ ३, २०७५ बिहीबार ७:५०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

party merge

काठमाडाैं, जेठ ३ – नेकपा एमाले र माओवादी केन्द्रले विहीबार पार्टी एकताको घोषणा गर्ने बताएका छन् । यसका लागि विहीबार बिहान १० बजेपछि पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

समितिले एकताको औपचारिक निर्णय गर्ने दुवै दलले जनाएका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतासम्बन्धि प्रस्ताव पेश गर्ने र त्यसलाई समितिले अनुमोदन गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

कस्तो बन्छ नयाँ दल 

  • नयाँ दलको नाम नेपाल कम्युनिष्ट पार्टी ।
  • नेतृत्व–केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले गर्ने । (ओली सरकारमा र प्रचण्ड पार्टीको संगठनमा बढी केन्द्रित हुने र पार्टीका निर्णयमा दुवै नेताको भूमिका बराबरी हुने समझदारी ) ।
  • चुनाव चिन्ह सूर्य ।
  • केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय (एमालेका २ सय ४१ र माओवादीका २ सय जना)
  • स्थायी समिति ४३ सदस्यीय (एमालेका २५ र माओवादीका १८ जना) । 
  • महाधिवेशन २ वर्षभित्र गर्ने । 
  • सरकारको नेतृत्व फेर्नेबारे तत्काल केही उल्लेख नगर्ने । 
  • मार्गदर्शक सिद्धान्त महाधिवेशनले टुंगो लगाउने तत्काललाई माक्र्सबाद–लेनिनबादलाई मार्गदर्शक सिद्धान्त मानिने । जनताको बहुदलीय जनवाद र माओवादलाई महाधिवेशन हुँदासम्म बहसमा लैजाने ।

विहीबारका कार्यक्रम

  • विहीबार एमालेको पुरानो कार्यालय रहेको ठाउँ बल्खुमा एमालेले आयोजना गर्ने मदन आश्रीत स्मृति सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागि हुने । एमाले माओवादी दुवै दलका कार्यकर्तालाई दुवै अध्यक्षले संबोधन गर्ने ।
  • एकता संयोजन समितिको बैठक बस्ने । एकताको निर्णयलाई अनुमोदन गर्ने ।
  • दुवै दलका केन्द्रिय समितिको बेग्लाबेग्लै बैठक बस्ने । बैठकले पार्टी एकता गर्ने र आ आफ्ना केन्द्रीय कमिटी भंग भएको एकै ब्यहोराको निर्णय गर्ने । 
  • पार्टी एकताबारेको जानकारी निर्वाचन आयोगलाई दिने । 
  • पत्रकार सम्मेलन गरि औपचारिक निर्णय जानकारी गराइने । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया