सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : व...
पुस २७, २०८१ शनिबार
अफ्रिकन कप अफ नेशन्स छनोट प्रतियोगितामा एक जना समर्थकको मृत्यु भएपछि जिम्बावेको छनोट फिक्का भएकाे छ ।
६ खेलमा तीन जित, दुई बराबरी र एक हारपछि समूहको विजेता बन्दै यसै वर्ष इजिप्टमा हुने प्रतियोगितामा स्थान बनाए पनि समर्थकको मृत्युका कारण जिम्बावेको खुसियाली पीडामा परिणत भयो ।
समूह जी अन्तर्गतको अन्तिम खेल हेर्न मैदान जाने क्रममा भिडमा परेर एक जना समर्थकको मृत्यु भएको थियो । कंगोविरुद्ध २–० को जित हात पारेर इजिप्टमा हुने प्रतियोगितामा स्थान बनाए पनि सो घटनाले जिम्मावेलाई स्तब्ध बनायो । रंगशालाभित्र पस्ने क्रममा भएको अत्याधिक भिडका कारण त्यहाँ भयावह अवस्था आइपरेको थियो ।
यो घटनामा मृत्यु हुने समर्थक महिला भएको जिम्बावे फुटबल संघले जनाएको छ । घटनाको विस्तृत जानकारी भने दिइएको छैन ।
खेलअघि नै जिम्बावे पूर्णरुपमा आत्मविश्वासी थियो । जुन आत्मविश्वास समर्थकहरुका लागि पनि महत्वपूर्ण हुन्छ । जिम्बावेलाई जित दिलाउनका लागि खामा विलियाट र नलेज मुसोनाले गोल गरेका थिए । यो जितका कारण जिम्बावेले लगातार दोस्रो पटक अफ्रिकन कम अफ नेसन्समा स्थान बनाउन सफल भएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।